FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

धनगढीबाट बैतडीतर्फ गएको बस दुर्घटना भएको छ। कैलाली धनगढीबाट बैतडी तर्फ गइरहेको सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटना भएको हो।

शुक्रबार अपराह्न बैतडीको पाटन नगरपालिका–८ स्थत गैराखानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। प्रहरीका अनुसार, बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टले १६ जना घाइतेको उद्धार गरिएको बताए। अहिले उद्धार कार्य जारी रहेको उनले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय