FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१९ असार, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासको सुनुवाइ गर्दै विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो।

पंकज विक्रम नेम्बाङसहितको तर्फबाट दायर गरिएको उत्प्रेषणयुक्त परमादेशको रिटमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले लिखित जवाफ प्राप्त भई अन्तिम सुनुवाइ हुँदा थप विवेचना हुने उल्लेख गरेको छ । त्यसअघि तत्कालका लागि एन्फा पदाधिकारीहरूको यात्रामा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

अदालतले राष्ट्रिय खेलकुद परिषद्ले २०८२ चैत ११ गते एन्फालाई निलम्बन गरेको भएपनि उक्त निलम्बन २०८३ जेठ १ गते फुकुवा भइसकेको अवस्थालाई आदेशको आधार बनाएको छ ।

यसअघि राष्ट्रिय खेलकुद परिषद्ले एन्फाका अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको अन्तर्राष्ट्रिय सहभागिता तथा वैदेशिक भ्रमण रोक्न गृह मन्त्रालय र अध्यागमन विभागमा पत्राचार गर्न युवा तथा खेलकुद मन्त्रालयलाई लेखेको पत्रसहित त्यसपछिका विभिन्न निकायमा भएका पत्राचारसमेत तत्काल कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ।

उच्च अदालत नियमावली, २०७३ को नियम ४२९१० बमोजिम जारी गरिएको अन्तरिम आदेशमा एन्फाका पदाधिकारी तथा सदस्यहरूको यात्रामा कुनै अवरोध नगर्न विपक्षीहरूलाई निर्देशन दिइएको छ ।

अदालतले आदेशको जानकारी सम्बन्धित विपक्षी निकायहरूलाई उपलब्ध गराउन पनि आदेश दिएको छ। अब उक्त रिटमाथि विपक्षीको लिखित जवाफ प्राप्त भएपछि अन्तिम सुनुवाइमार्फत विवादको टुंगो लाग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय