FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२० असार, काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले केप भर्डलाई फेरि बराबरीमा ल्याए। तर १११औँ मिनेटमा डिनेको आत्मघाती गोलपछि अर्जेन्टिनाले ३–२ को जित निकाल्यो।

पहिलोपटक विश्वकप खेलेको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिए पनि प्रतियोगिताबाट बाहिरिएको छ। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय