FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा मोरक्कोले सह–आयोजक क्यानडालाई ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती चरणमा क्यानडाले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोको रक्षापंक्तिमाथि दबाब सिर्जना गरेको थियो । मोरक्कोका सर्वाधिक गोलकर्ता इस्माइल साइबारी मांसपेशीको चोटका कारण २२ औं मिनेटमा मैदान छाड्न बाध्य भए । उनको स्थानमा सुफियान राहिमी मैदान प्रवेश गरे ।

दोस्रो हाफपछि मोरक्कोले खेलको नतिजा आफ्नो पक्षमा मोड्यो । ५० औं मिनेटमा असरफ हाकिमीको उत्कृष्ट पासमा अजदिन ओनाहीले पेनाल्टी बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहारले जाली चुम्दै मोरक्कोलाई १–० को अग्रता दिलायो । अग्रतासँगै मोरक्कोको आत्मविश्वास बढ्यो भने क्यानडाले खेलमा नियन्त्रण गुमाउन थाल्यो ।

८२ औं मिनेटमा तीव्र काउन्टर अट्याकका क्रममा ब्राहिम डियाजको पासमा ओनाहीले नै दोस्रो गोल गर्दै स्कोर २–० मा पुर्‍याए । इन्जुरी समयमा ९९०ं८ औं मिनेट० सुफियान राहिमीले ब्राहिम डियाजको उत्कृष्ट थ्रु बलमा गोल गर्दै मोरक्कोको ३–० को शानदार जित सुनिश्चित गरे ।

यो जितसँगै मोरक्को लगातार दोस्रोपटक फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतार विश्वकप २०२२ मा सेमिफाइनलसम्म पुगेको मोरक्कोले यसपटक पनि उपाधि दौडमा बलियो दाबी प्रस्तुत गरेको छ । यता क्यानडाको विश्वकप यात्रा अन्तिम १६ मै समाप्त भएको छ ।

अब मोरक्कोले क्वार्टरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय