FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२१ असार, काठमाडौँ । फ्रान्सका स्टार केलियन एमबापेले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि फ्रान्सले विश्वकप २०२६ अन्तर्गत आइतबार पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले बलियो चुनौती प्रस्तुत गरे पनि एमबापेले ७० औँ मिनेटमा पेनाल्टी गोल गर्दै खेलको निर्णय गरेका हुन् । पाराग्वेका डिएगो गोमेजले डेसिर डोएलाई लडाएपछि भिडियो सहायक रेफ्री (VAR) को निर्णयमा फ्रान्सले पेनाल्टी पाएको थियो ।

एमबापेले सोही अवसरलाई सदुपयोग गर्दै विश्वकपमा आफ्नो १९ औँ गोल पूरा गरेका हुन् । दोस्रो हाफको अन्त्यतिर उनले थप गोल गर्ने अवसर पाए पनि चुक्दा फ्रान्सको अग्रता १–० मै सीमित रह्यो ।

पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले एमबापेका दुई प्रहार उत्कृष्ट रूपमा बचाउ गरेका थिए । यस जितसँगै फ्रान्स लगातार चौथो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

हारसँगै दक्षिण अमेरिकातर्फको प्रतिनिधि पाराग्वे प्रतियोगिताबाट बाहिरिएको छ । क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय