FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौँ मानिसहरू सहभागी भएका छन् । एक करोडभन्दा बढी मानिस तथा सयभन्दा बढी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका–इरानबीच सैन्य कारबाही नहुने र त्यसपछि वार्ता पुनः सुरु हुने बताउनु भएको छ ।

तर गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका–इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ । अन्त्येष्टि जुलाई ९ मा खामेनीको गृह शहर मशहदमा समापन हुनेछ । गएको फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको ज्यान गएको थियो ।

अमेरिका–इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोज्तबा घाइते हुनुभएको थियो । अहिले मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ । खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूहमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो । खामेनीले ३६ वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय