FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी बन्द गरिएको छ । वर्षायाममा बाढी, हिलो र प्राकृतिक अवरोधका कारण पर्यटकको सुरक्षा एवं वन्यजन्तुको प्रजननलाई दृष्टिगत गर्दै निकुञ्जमा सफारी बन्द गरिएको हो । पर्यटकलाई अर्काे सूचना जारी नभएसम्मका लागि यो सातादेखि निकुञ्ज प्रवेशमा रोक लगाउने निर्णय गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताउनुभयो ।

मौसममा सुधार हुँदै गए आगामी असोजमा सफारी खुला गरिने निकुञ्जको कार्यालयले जनाएको छ । वाग्लेका अनुसार निकुञ्ज क्षेत्रमा चालु आर्थिक वर्षमा करिब ३८ हजार पर्यटकले अवलोकन गरेका थिए ।  उनीहरूले निकुञ्ज क्षेत्रमा प्राकृतिक ताल तलैया, वनस्पति, चराचुरुङ्गीलगायत वन्यजन्तुको दृश्यावलोकन गरेका थिए ।

चालु आवमा निकुञ्ज क्षेत्रको अवलोकन गर्नेमा आन्तरिक पर्यटकको सङ्ख्या अत्यधिक रहेको छ । कार्यालयका अनुसार एक हजार ३६९ महिला र एक हजार ९५६ पुरुष गरेर तीन हजार ३२५ आन्तरिक पर्यटकले निकुञ्ज क्षेत्रको अवलोकन  गरेका थिए ।

बाह्रसिङेको लागि प्रसिद्ध यस राष्ट्रिय निकुञ्जमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी वाग्लेको भनाइ छ ।

निकुञ्ज प्रवेशमा कार्यालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि छुट्टाछुट्टै प्रवेश शुल्कसमेत उठाउँदै आएको छ । हाल नेपालीका लागि एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकलाई ७५० रुपियाँ र विदेशी पर्यटकलाई एक हजार पाँच सय रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

सूचना अधिकारी वाग्लेले निकुञ्ज कार्यालयले विभिन्न शीर्षकमा राजस्वबापत चालु आव २०८२/८३ को जेठ मसान्तसम्म ८९ लाख ६५ हजार ९०३ रुपियाँ राजस्व सङ्कलन गरेको पनि बताउनुभयो । उहाँका अनुसार निकुञ्ज कार्यालयले पर्यापर्याटन शुल्कबापत २० लाख १५ हजार ९८४ रुपियाँ रकम प्राप्त गरेको छ ।

त्यसै गरी दण्डसजायबाट १८ लाख ८२ हजार ९६६ रुपियाँ, खरखडाइबापत ११ लाख चार हजार ४३५ रुपियाँ, अन्य शीर्षकबाट ३४ लाख ७४ हजार २९ रुपियाँ र काठ दाउरा बिव्रmीबापत चालु आवको ११ महिनामा ८९ लाख ६५ हजार ९०३ रुपियाँ राजस्व सङ्कलन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय