FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । दुर्घटनामा परेर बसमा सवार १४ जनामध्ये तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले सोमबार राति करिब १ बजे काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८४३ नम्बरको बस अनियन्त्रित भएर सडकछेउ पल्टिएर दुर्घटना बताउनुभयो ।

दुर्घटनामा बस चालक झापाको मेचीनगर नगरपालिका–७, निवासी ३५ वर्षीय सन्तुलाल चौधरी घाइते भएका छन् । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक चोधरीको जनकपुरधामस्थित साई ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, भारत निवासी ४० वर्षीय सन्दीप पाठक र उहाँको श्रीमती ३५ वर्षीया सुनिता क्षेत्रीको चोटपटक लागेको छ । दुवै जनाको धनुषाको वीरेन्द्रबजारस्थित कमलामाई अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार सकुशल रहेका ११ यात्रुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय