FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले बुधबार राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि सिर्जित अन्यौलपूर्ण स्थितिमा उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी छाडेको बताएका छन् ।

इटालियन मूलका प्रशिक्षक एरेनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अगाडि बढाउन सकिन्न । म अहिलेको स्थितिलाई लिएर निकै निराश छु । अहिले नेपाली फुटबल गतिविधिविहीन स्थितिमा पुगेको छ ।’

उनले अगाडि भनेका छन्, ‘नेपाली फुटबलका सबै तहका लागि खेलाडीको भविष्य अब के हुने हो, त्यसमा मलाई चिन्ता लागेको छ ।’ उनले नेपाली फुटबलमा पर्याप्त काम गर्न नपाएकोमा पनि दुःख व्यक्त गरेका छन् र आफ्नो छोटो बसाईमा नेपालले दिएको माया र सम्मान प्रति कृतज्ञता व्यक्त गरेका छन् ।

नेपालले एरेनाको नेतृत्वमा एकै खेल मात्र खेलेको छ । पछिल्लो मार्च २६ मा नेपालले एसियाकप छनोट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो । भियानटानमा भएको त्यस खेलमा नेपाल १–० ले पराजित रहेको थियो ।

फिफाले नेपालमाथि प्रतिबन्ध लगाउन अगाडि उनी नेपाल आएका थिए र बंगलादेशमा हुने भनिएको पुरुष साफ च्याम्पियनसिपको तयारीबारे बुझ्ने प्रयास गरेका थिए । तर फिफाको प्रतिबन्ध लगतै उनी आफ्नो देश फर्केका थिए र अहिले उनले नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी छाडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय