FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूलाई प्रलोभनमा पारी ठगी गर्ने १० जना बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने बहानामा बिरामीहरूलाई अवैध कमिसनको चलखेलमा पार्ने गरेको सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका-३ का ३७ वर्षीय रन्जित कुमार चौधरी र राजविराज नगरपालिका-६ की २७ वर्षीया रबिना मण्डल रहेका छन्। यसैगरी भोजपुरको आमचोक गाउँपालिका-८ का ३५ वर्षीय हस्त श्रेष्ठ, सुनसरीको धरान उप-महानगरपालिका-१५ का २० वर्षीय सागर पोखरेल र मोरङको लेटाङ नगरपालिका-३ का २९ वर्षीय सान्बिन किराती पनि पक्राउ परेका छन्।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा सुनसरीकै धरान उप-महानगरपालिका-६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका-५ का ४० वर्षीय उमेश कुमार चौधरी, धरान-१७ का ३५ वर्षीय धिरोज निरौला, इनरुवा नगरपालिका-२ का ३१ वर्षीय रोहित मेहता र धरान-११ का १८ वर्षीय विनोद भट्टराई रहेका छन्।

पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय