FLASH NEWS
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान आयोजना । भारत भ्रमण सकेर प्रधानमन्त्री बालेन स्वदेश फर्किँए । नेपाल–भारत सीमा समस्याबारे दुवै देश सन्तुष्ट (संयुक्त प्रेस विज्ञप्ति) । प्रधानमन्त्री वालेन र भारतका राष्ट्रपति द्रौपदीबीच भेटवार्ता । भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो । काठमाडौंमा मंसिर १२ गते ‘मारवाडी महोत्सव २०८३’ हुँदै । दशौं राष्ट्रिय खेलकुदको तयारी पूरा, औपचारिक उद्घाटन प्रधानमन्त्रीले गर्ने । नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य । भारतले दियो नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ आर्थिक सहयोग , दुईओटा थप बन्दरगाहा पनि उपयोग गर्न पाउने । नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी । अयोध्या–जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु । तोलामा ४८ सयले बढेर २ लाख ४७ हजार ४०० भयो सुनको मूल्य ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबारको कारोबारमा पनि घटेको छ । बजार १९.६७ अंकले घटेको हो । अघिल्लो दिन (असार २४) बजार ३० अंकले घटेको थियो ।

यस दिन बजार मापक २६०१.९२ विन्दुमा झरेको छ । बजार घट्दा ४२ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

चार अर्ब ६१ करोड १९ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८७ लाख ५१ हजार ३८० कित्ता सेयर ५७ हजार ८६४ पटकमा किनबेच भएको हो ।

उपकार लघुवित्त, स्नो रिभर्स लिमिटेड, प्राइम डिबेन्चर, कुमारी सबल योजना, जनउत्थान सामुदायिक लघुवित्तलगायत कम्पनीको सेयर मूल्य उच्च कमाउनेमा परे ।

समूहगत सूचकतर्फ १ वटै समूह घटेका छन् । सबैभन्दा बढी व्यापार समूह २.३६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय