FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। कारोबार बन्द हुँदा नेप्से परिसूचक १.१३ अंकले घटेर २६००.७८ बिन्दुमा कायम भएको हो।

आज ३६७ कम्पनीका १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर खरिद–बिक्री हुँदा कुल ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल बैंक डिबेन्चर २०८७ अग्रस्थानमा रह्यो। उक्त डिबेन्चरको ८९ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

शुक्रबारको कारोबारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी कमाइ गरेका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड का लगानीकर्ताले सबैभन्दा बढी नोक्सानी बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

बजार सामान्य अंकले घटे पनि कारोबार रकम भने ६ अर्ब ८६ करोड रुपैयाँ नाघेकाले लगानीकर्ताको सक्रियता कायमै रहेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय