FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

आठौं एक्स्ट्रिम इनर्जी रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड-२०८२ मा उत्कृष्ट लोकगायकको अवार्ड अर्जुन सापकोटाले प्राप्त गरेका छन् ।

पुल्चोकस्थित प्लाजामा शुक्रबार आयोजित रेडियो कान्तिपुरको २८औं वार्षिकोत्सवका अवसरमा ‘झलिको’बाट सापकोटाले उक्त अवार्ड हात पारे ।

सापकोटासँगै लोक गायकतर्फ ‘छैन र माया’का लागि प्रकाश दुतराज, ‘यानीमाया’का लागि वसन्त थापा, ‘सानी नभए’का लागि राजु परियार र ‘शिरमा शिरबन्दी’ का लागि सुवास खत्रीबीच प्रतिस्पर्धा भएको थियो ।

स्याङ्जामा जन्मिएर नवलपरासीमा हुर्किएका सापकोटा आफ्ना काका तथा चर्चित लोकगायक यज्ञ सापकोटाको सांगीतिक माहोलबाट प्रेरित थिए । सन् २०१३ मा १४ वर्षको उमेरमा पहिलो गीत ‘रातिलाई साथी जून छ’ रेकर्ड गराएर सांगीतिक दुनियाँमा प्रवेश गरे ।

गायक र संगीतकारका रूपमा उनको व्यावसायिक उचाइ भने सन् २०१९ मा सार्वजनिक भएको लोकगीत देवी घर्ती मगरको सहकार्यमा तयार भएको ‘वनकी चरी’बाट भएको थियो । त्यसयता उनले नेपाली लोक बजारमा ‘बस्छौ अलक्कै’, ‘झलिको’, ‘पछ्यौरी लिस्यो’, ‘दुई दुना चार’, ‘दु:ख साटौंला सुख साटौंला’ र ‘मौरी रसैमा’ जस्ता लोकप्रिय गीत दिइसकेका छन् ।

सापकोटा हाल नेपाली लोक संगीतका व्यस्त र सर्वाधिक रुचाइएका युवा गायकमध्ये एक हुन् । उनका प्रायः गीत ‘मिलियन क्लब’मा पर्न सफल छन् । उनी हाल रियालिटी शो ‘द भोइस किड्स’का निर्णायकसमेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय