FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

लगातारको वर्षापछि बागमती नदीमा पानीको सतह बढ्दा कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेको छ।

 

 

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव तीव्र बनेपछि नदी किनारमा रहेको होल्डिङ सेन्टर जलमग्न भएको हो। शनिबार बिहानसम्म पनि सेन्टरको अधिकांश भाग डुबानमै रहेको स्थानीयले बताएका छन्।

डुबानका कारण होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारहरू प्रभावित भएका छन्। उनीहरूको दैनिक जीवन प्रभावित हुनुका साथै खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सामग्रीमा समेत क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सम्बन्धित निकायले डुबानग्रस्त क्षेत्रको अवस्था अनुगमन गरिरहेका छन्। आवश्यक परे प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको जनाइएको छ।

लगातार वर्षा भइरहेकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय