FLASH NEWS
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर । २४ घण्टामा ट्राफिकले गर्यो ८७५ जनालाई कारबाही । नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने । आजको मौसम : तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने । सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत । नेप्सेमा साढे ८ अंकको गिरावट, ४ अर्ब ८२ करोड बराबरको शेयर कारोबार । भारत भ्रमणबारे प्रधानमन्त्री शाहद्वारा राष्ट्रपति पौडेललाई जानकारी । कांग्रेस देउवा पक्ष महाधिवेशनको तयारीमा, पाँचवटा उपसमिति संयोजक तोकियो । राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल । सुनचाँदी मूल्यमा वृद्धि, कतिमा हुदैछ कारोबार ? । वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाउने र खेल्ने १२ जना पक्राउ । गोलबजारमा ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, दुर्घटनामा एक जनाको मृत्यु” ।

अविरल वर्षासँगै गएको पहिरोका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ऐतिहासिक बराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो चतरा–बराहक्षेत्र भित्री सडकखण्डको बराहक्षेत्र नगरपालिका–१ स्थित सत्र नम्बर क्षेत्रमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि बराहक्षेत्र मन्दिरतर्फ हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै उक्त सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको छ। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय