FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ असार, काठमाडौं । जुड बेलिंघमको दुई गोलको मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले ८ वर्षपछि सेमिफाइनमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टोलीले १/१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलमा पहिलो गोल खेलको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियास स्केल्डरअपले गरेका थिए।

तर, त्यसको ११ मिनेटपछि नै पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई बराबरीमा ल्याएका थिए। इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबिचको विजेतासँग खेल्नेछ ।

इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा च्याम्पियन बनेको इंग्ल्यान्ड सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २०२२ मा भने क्वार्टरफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय