FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२७ असार, बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–७ र दुर्गाथली गाउँपालिका–६ को सिमानास्थित सुंगरे क्षेत्रमा एउटा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । केदारस्यूँ–७ बाट दुर्गाथली–६, च्वाबनतर्फ जाँदै गरेको से १ च २४४४ नम्बरको जीप शनिबार अपराह्न दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी तीनजनाको मृत्यु पुष्टि भएको छ । आठजना गम्भीर घाइते छन् । चार यात्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

चालक देवबहादुर धामीले चलाएको उक्त जिप सडकबाट खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । दुर्गाथली–६ का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुर्गाथली–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ–७ की बिमला महत धामी रहेका छन् ।

दुर्घटनामा घाइतेमध्ये ८ जना सख्त घाइते छन् । जसमा दुई शिक्षक र एक पूर्ववडा सदस्य समेत छन् । सख्त घाइतेहरुमा जिप चालक देवबहादुर धामी, झल्कादेवी महत, जयमतीदेवी महत, हासुलीदेवी महत, शिक्षक रामबहादुर महत, हर्कादेवी महत, शिक्षक देवबहादुर जाग्री र पूर्ववडा सदस्य रामबहादुर महत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय