FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

२८ असार, काठमाडौं । स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप-२०२६ को सेफिफाइनमा प्रवेश गरेको छ।

अतिरिक्त सयमको १२० मिनेटमा लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको हो।

अतिरिक्त समयमै अर्जेन्टिनाका अल्भारेजले खेलमा दोस्रो गोल गरेका थिए।

अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो।

एक खेलाडी रातो कार्ड पाएर बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो।

अर्जेन्टिनाका खेलाडीविरुद्ध फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी।इम्बोलालाई रातो कार्ड दिएपछि उनी बाहिरिएका थिए।

पहिलो हाफको खेल सकिँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध १-० को अग्रता बनाएको थियो।

खेलको दोस्रो हाफको ६७ मिनेटमा स्विट्जरल्यान्डका आर।रोड्रिगेजले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएका थिए।

खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो।

कप्तान लियोनल मेसीले कर्नर मार्फत् प्रहार गरेको बललाई २० नम्बर जर्सीका एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत् उत्कृष्ठ गोल गरेका थिए।

आजै बिहान भएको क्वार्टरफाइन खेलमा नर्वेलाई २-१ ले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय