FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो।

रोमाञ्चक र प्रतिस्पर्धात्मक क्वार्टरफाइनल खेलहरू सकिएसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। योसँगै विश्वकप आफ्नो निर्णायक चरणमा प्रवेश गरेको छ।

प्रतियोगितामा बाँकी रहेका चार शक्तिशाली टोलीहरूले अब उपाधि उचाल्ने लक्ष्यसहित फाइनल प्रवेशका लागि कडा प्रतिस्पर्धा गर्नेछन्।

क्वार्टरफाइनलको अन्तिम चरणसम्म आइपुग्दा साविक विजेता अर्जेन्टिना, इङ्ग्ल्यान्ड, स्पेन र फ्रान्सले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेका छन्। सेमिफाइनल पुगेका चार टोलीले कम्तीमा एकपटक विश्वकप जितेका छन्।

पछिल्लो क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलको यात्रा तय गरेको हो । अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक अलिस्टर, जुलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरेका थिए।

त्यस्तै, अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले हराउँदै इङ्ग्ल्यान्डले पनि सेमिफाइनलमा स्थान बनाएको छ। यसअघि नै स्पेनले बेल्जियमलाई र फ्रान्सले मोरक्कोलाई पराजित गर्दै अन्तिम चारको यात्रा पक्का गरिसकेका छन् ।

सेमिफाइनलको समीकरण निकै रोचक बनेको छ। पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स आमनेसामने हुनेछन्। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो। त्यस्तै स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको हो।

यो सेमिफाइनल खेल बुधबार नेपाली समयअनुसार राति १२ : ४५ मा हुनेछ। युवा प्रतिभा र उत्कृष्ट लयमा रहेको स्पेन र अनुभवी खेलाडीहरूको साथ रहेको फ्रान्सबीचको यो भिडन्त निकै उच्चस्तरीय हुने अपेक्षा गरिएको छ।

त्यस्तै, अर्को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्नेछन्। यो खेल बिहीबार नेपाली समयअनुसार राति १२ : ४५ मा सुरु हुनेछ। अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ । सन् १९७८ सन् १९८६ र सन् २०२२ मा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको थियो। त्यस्तै, इङ्ल्यान्डले पनि सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो।

लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना र विश्व च्याम्पियन बन्ने दृढ लक्ष्य बोकेको इङ्ग्ल्यान्डबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल प्रशंसकहरूको ध्यान तानेको छ।

विश्वकपको फाइनल खेल जुलाई १९ मा न्यु योर्कको न्यु जर्सी स्टेडियममा हुनेछ। सेमिफाइनलका यी दुई खेलले नै अब विश्व फुटबलको महाकुम्भमा कसले उपाधि चुम्नेछ भन्ने स्पष्ट पार्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय