FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सबै भाषाभाषी समुदायलाई आ–आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धनमा समर्पित हुन आह्वान गरेका छन्।

सोमबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन्। संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यको जग बसाल्न भानुभक्तले महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपतिको भनाइ छ।

सन्देशमा हिमाल, पहाड र तराईका नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न भानुभक्तीय रामायणले महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै धर्म, कर्तव्य, निष्ठा र सेवाभावजस्ता मानवीय मूल्यलाई स्थापित गर्न पनि यस कृतिले सहयोग गरेको जनाइएको छ।

राष्ट्रपतिले भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सर्वसुलभ बनाएको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा उनको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। साथै, भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा थप विकास गर्न सके त्यो उनको सम्मान हुने धारणा पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय