FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झरेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको छ।

पहिरोबाट सडकमा क्षति पुगेकाले त्यस क्षेत्रमा यातायात सञ्चालन समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

पहिरो सडक क्षति भएको सडक खुलाउने प्रयास भइरहेको उनले बताए। पहिलोका कारण सडक पूर्ण रुपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा चल्ने यातायात ठप्प छ। लेदोसहितको पहिरो बगिरहेको हुँदा सडक खुलाउन समस्या भइरहेको नायव उपरीक्षक त्वातीले जानकारी दिए।

कोरिडोरको वैकल्पिक सडक नहुँदा सडक नखुल्दासम्म यात्रु त्यही रहनुपर्ने बाध्यता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय