FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

आजदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ र वितरणको प्रणाली सुरु भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको हो ।

राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे पनि देशका विभिन्न जिल्लाहरूमा यो प्रणालीले काम गर्न सकेको छैन । प्राप्त जानकारी अनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लाहरूमा पासवर्ड र प्रणालीमा समस्या देखिएको छ ।

प्राविधिक समस्या देखिँदा त्रिपुरेश्वरस्थित  विभागमा समेत सेवाग्राहीको ठुलो भीड लागेको छ भने नयाँ सिस्टमले काम नगर्दा पुरानो प्रणाली विस्थापित गर्ने सरकारी लक्ष्यमा सुरुवातमै धक्का लागेको छ । कतिपय जिल्लामा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टम नै ‘डाउन’ भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय