FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

मकवानपुर, असार २९ गते । मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर सवारी आवागमनमा रोक लगाएको छ ।

हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका बन्द गरिएको छ । यस्तै भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी–सडक सोमबार साँझबाट मङ्गलबार बिहानसम्मका सवारी आवागमनमा रोक लगाइएको हो ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेकाले विभिन्न सडकखण्डहरू अवरुद्ध भएका कारण सडक यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुई मार्गमा आवागमनमा रोक लगाएको जानकारी दिनुभयो ।

सहायक प्रजिअ जोशीले सोमबार एक सूचना जारी गर्दै हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर (कान्ति लोकपथ) सोमबार साँझ ५ः०० बजेबाट अर्को सूचना जारी नभएसम्ममा लागि सवारी साधन आगागमन रोक्ने भनिएको छ ।

यसैगरी हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकमा सोमबार साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्म सवारी साधन रोक्न सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ भएर जाने सवारी साधन हेटौँडाको चौकीटोलमा र कान्ति लोकपथ भएर आवागमन गर्ने सवारी साधन हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा रोकिने भएको छ ।

यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भन्दै मकवानपुर प्रशासनले सम्बन्धित सबै निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई सडकमार्गमा तोकिएको स्थान तथा समयपश्चात् सवारी साधन सञ्चालन नगर्न नगराउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

साथै, मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न समेत सहायक प्रजिअ जोशीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय