FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

३० असार, विराटनगर । विद्युत् आपूर्ति अवरुद्ध भएपछि मर्मतका लागि रातारात खटिएका नेपाल विद्युत् प्राधिकरण धरान वितरण केन्द्रका दुई कर्मचारीको इटहरीमा सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा एक जना कर्मचारी घाइते भएका छन् ।

सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा समस्या देखिएपछि प्राधिकरणले पेट्रोलिङ तथा मर्मतका लागि कर्मचारी परिचालन गरेको थियो । सोही क्रममा बा १ ञ १६५१ नम्बरको प्राधिकरणको स्कोरपिओ इटहरी–२० सेउती पुलबाट करिब २०० मिटर दक्षिणतर्फ दुर्घटनामा परेको हो । नेपाल विद्युत् प्राधिकरण धरानका प्रमुख हरिराम पोखरेलका अनुसार राति ९ः५४ बजे लाइनमा समस्या आएपछि टोली मर्मतका लागि निस्किएको थियो । तर गन्तव्यमा पुग्नुअघि नै दुर्घटना हुँदा दुई कर्मचारीको ज्यान गएको उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको स्कोरपिओ राति करिब ११ः४० बजे आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा स्कोरपिओ चालक धरान–१३ का ३३ वर्षीय बिर्खबहादुर राई र हेल्पर पदमा कार्यरत धरान–१६ का ४९ वर्षीय सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका प्राधिकरणका ज्यालादारी कर्मचारी धरान–२० का ३२ वर्षीय पदम राईको बिपी प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । दुर्घटनामा प्राधिकरणको स्कोरपिओ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक रूपमा मर्मतका लागि हतारमा गइरहेका बेला तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय