FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

अविरल वर्षासँगै पहिरोको जोखिम बढेपछि काठमाडौं उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकामा सवारी आवागमन बन्द गरिएको छ। बसपार्क, नागढुंगा, साँगा र फर्पिङ हुँदै सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन आज बिहानदेखि सञ्चालनमा आउन सकेका छैनन्।

जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायले हिजो रातिदेखि नै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। वर्षा नरोकिएको र सडकको अवस्था सुरक्षित नभएकाले आज बिहानसम्म पनि गाडीहरू छुट्न नदिइएको जनाइएको छ। यात्रुहरूलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा मौसम र सडक अवस्थाबारे सम्बन्धित निकायको सूचना पालना गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय