FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ११ अंकले बढेर दुई हजार पाँच सय ७६ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शूल्य दशमलव ७९ अङ्कले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शूल्य दशमलव ३२ अङ्कले बढेर १७६ दशमलव ८८ मा पुगेको छ ।

 

सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव २० अङ्कले बढेर १५२ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीको एक करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर रु आठ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ।

 

आज १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो । आज १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय