FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार सूचक उल्लेख्य बढेको छ । शुक्रबार बजार ७९.७४ अंकले बढेको हो ।

योसँगै बजार मापक २६७७.५४ विन्दुमा उक्लिएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा ८० प्रतिशतसम्म ऋण लिन पाइने व्यवस्था गरेसँगै सेयर लगानीकर्ता आर्कषित भएका हुन् ।

बजारसँगै २५९ कम्पनीको सेयर मूल्य बढेको छ । १३ कम्पनीको मात्र सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार उल्लेख्य बढे पनि कारोबार चार अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ मात्र भएको छ । एक करोड तीन लाख ८९ हजार कित्ता सेयर ५८ हजार ९४ पटकमा किनबेच भएको हो ।

श्रीनगर एग्रोटेक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । उक्त कम्पनीको सेयर मूल्य १२५ रुपैयाँले बढेर प्रतिकित्ता ९६३ मा उक्लिएको छ ।

सूर्यकुन्ड हाइड्रो, शिखर पावर, रिजलाइन इनर्जी, मिड सोलु हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहेका कम्पनी हुन् ।

समूहगत सूचकतर्फ म्युचअल फन्ड ०.२९ प्रतिशतले घटेको छ । बाँकी १२ समूह बढेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय