FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।

स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । दुवै पक्षबाट ढुंगामुढा, लाठी, बाँस र भालासहित आक्रमण हुन थालेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जनाएको छ ।

गोली नै लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका सुनसरी प्रहरीका निमित्त प्रमुख डिएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

घटनामा नौ जना सर्वसाधारण घाइते पनि भएका छन् । उनीहरूको न्युरो अस्पताल, विराट नर्सिङ होम, कोशी अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

झडपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक राकेश राईसहित आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्र तथा देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ ।

कर्फ्यु अवधिभर ती क्षेत्रमा आवतजावत, सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय