FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा दिइएको छ । गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले सोमबार र मंगलबार (साउन ११–१२) शोक बिदा दिने निर्णय भएको जानकारी गराएका छन् ।

देवानगञ्ज–३, कप्तानगन्जमा आइतबार (साउन १०) राति दुई समूहबीचको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको थियो । देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्युको शोकमा बिदा दिइएको हो ।

यी दुई दिन देवानगञ्ज गाउँपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थामा शोक बिदा दिइएको अध्यक्ष मेहताले जारी गरेको सूचनामा जनाइएको छ ।

गोली लागेर युवकको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले विभिन्न पाँच ठाउँमा कर्फ्यु आदेश जारी गरेको छ । सुनसरीको दक्षिण क्षेत्रस्थित पाँच स्थानमा अर्को सूचना जारी नभएसम्मका निम्ति कर्फ्यु आदेश जारी गरिएको हो । सोमबार (साउन ११) बिहान ७ बजेदेखि कर्फ्यु आदेश लागु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय