FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

पाकिस्तानमा रहेको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जासहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ ।

अन्नपूर्ण गाउँपालिका निर्मल पुर्जाको जन्मथलो हो । पुर्जा अन्नपूर्ण गाउँपालिका–२ दानाका हुन् ।

गाउँपालिकाले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोमबार गाउँपालिकाअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालयमा शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।

गाउँपालिकाले आज विज्ञप्ति जारी गर्दै पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी तथा समग्र नेपाली समुदाय स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,“नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वस्तरमा चिनाउन, नेपाली आरोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पु¥याएको योगदान सदैव स्मरणीय रहने छ ।” गाउँपालिकाले पुर्जाको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय