मुलुकमा शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै गृहमन्त्री सुधन गुरुङले जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेका छन्।
गृहमन्त्री सुधन गुरुङ दुईदिनदेखि जनकपुरमै छन्।
आइतबार जानकी मन्दिरमा पुग्दा गृहमन्त्री गुरुङलाई त्यहाँका महन्थ तथा पुजारीहरूले स्वागत गरेका छन्। त्यसक्रममा उनीहरूले गृहमन्त्रीलाई फूल तथा प्रसाद प्रदान गरेका थिए।
गृहमन्त्री गुरुङसहितको सरकारी वार्ता टोलीले गएराति जनकपुरमा हिन्दुवादी सङ्गठनका प्रतिनिधिसँग १३ बुँदे सहमति गरेका थिए।
नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल गरिने व्यहोराको सहमतिलाई लिएर कतिपयले गृहमन्त्री गुरुङको आलोचना गरेका छन्।






