FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

सिरहाको गोलबजार नगरपालिकामा केही दिनदेखि लागू रहेको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै आइतबार साँझ ७ बजेदेखि आदेश निष्क्रिय बनाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जारी गरेको सूचनामा पछिल्लो समय जिल्लाको शान्ति–सुरक्षाको अवस्था सन्तोषजनक देखिएकाले कर्फ्यू कायम राख्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरिएको छ।

यसअघि प्रशासनले आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि कर्फ्यूमा आंशिक छुट दिएको थियो। सो अवधिमा सवारीसाधन सञ्चालन गर्न अनुमति दिइएको भए पनि पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा नहुन आग्रह गरिएको थियो।

दिनभरको अवस्थाको थप मूल्याङ्कनपछि प्रशासनले कर्फ्यू पूर्णरूपमा अन्त्य गर्ने निर्णय गरेको जनाएको छ। अब गोलबजार क्षेत्रमा नागरिकले नियमितरूपमा आवतजावत तथा दैनिक गतिविधि सञ्चालन गर्न सक्ने छन्।

प्रशासनले सबै पक्षलाई संयम अपनाउँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय