‘मिस सुपरनेसनल २०२६’ को उपाधि फिलिपिन्सकी क्याट्रिना लेगाडोले जितेकी छन्।
जुलाई ३१ मा पोल्यान्डको नोवी साक्जस्थित स्ट्रजेलेकी पार्क एम्फी थिएटरमा भएको फिनालेका लेगाडोले ताज पहिरिएकी हुन्।
यस अन्तर्राष्ट्रिय प्रतियोगिताको १७ औँ संस्करणमा ६७ प्रतियोगीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। जसमा अन्य ६६ प्रतिस्पर्धीलाई पछि पार्दै लेगाडेले उपाधि जित्न सफल भइन्।
यस वर्षको प्रतियोगिताको विषयवस्तु ‘सौन्दर्य महोत्सव’ थियो। यसअघि फिलिपिन्सले अन्तिम पटक सन् २०१३ मा उपाधि जितेको थियो।
त्यतिबेला मुत्या दातुलले ताज पहिरिएकी थिइन्। १३ वर्षपछि पुन: फिलिपिन्सले उपाधि जित्न सफल भएको हो।
‘मिस सुप्रानेसनल नेपाल २०२६’ की विजेता पूर्णिका कार्कीले ‘मिस सुपरनेसनल’ मा नेपाललाई प्रतिनिधित्व गरेकी थिइन्।
उनले सामाजिक कार्यमा आधारित प्रतियोगिता ‘फ्रम द ग्राउन्ड अप’ को सेमिफाइनलमा पुगेर नेपालको नाम उच्च बनाउन सफल भइन्।






