प्रहरीले सिरहा लहान नगरपालिका-२२ सलोखरीबाट नाइन एमएम पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँका २० वर्षीय सबरजित दास, २० वर्षीय गुरूदेव दास र १९ वर्षीय संजय दास रहेका छन्।
प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोल एक थान र म्याग्जिन एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीले सरबजितको पाइन्टको गोजीमा राखिएको म्यागजिनसहितको पेस्तोल बरामद गरेको थियो। घटना भएका बेला गुरुदेव र सञ्जय सँगै थिए।
तीनै जनालाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा राखिएको छ।








