FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

साताको अन्तिम दिन शेयर बजार घटेको छ । आज सवा ४ अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३७ अंकले घटेको हो । ०.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६४३.८३ अंकमा झरेको छ ।

समग्रमा बजार घटे पनि जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहमा हरियाली छाएको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।

आज ३४४ कम्पनीका ९७ लाख ५४ हजार ४ सय ३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४ सय २.८४ रुपियाँ बराबरको कारोबार भएको छ ।

माउन्ट एभरेष्ट पावर र सर्वोत्तम पेन्ट्सका लगानीकर्ताहरुले क्रमश: १५ र १४.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै सुपर खुदी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १२.८३ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज कृषि विकास बैंकको एग्रिकल्चर बण्डको उच्च कारोबार भएको छ । उक्त बण्ड ७० करोड ८७ लाख ९९ हजार रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन सोमबार ९.९४ अंकले बजार घट्दा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७ सय ६६.३० रुपियाँ, मंगलबार ०.७९ अंकले बजार बढ्दा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार ६ सय ७४.८६ रुपियाँ, बुधबार ०.५५ अंकले बजार बढ्दा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५ सय १८.२७ रुपियाँ र हिजो बिहीबार ८.८१ अंकले बजार बढ्दा ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७.५० रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय