२ भदौ, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यो सोमबारकै मूल्य हो ।
चाँदीको मूल्य घटेको छ । सोमबार ४ हजार ७७० रुपैयाँमा किनबेच भएको प्रतितोला चाँदी १५ रुपैयाँले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको हो । मंगलबार अन्तर्राष्टिय बजारमा सुन प्रतिऔंस ४ हजार ३९२ अमेरिकी डलर रहेको छ ।






