FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये  छ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । रासस 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय