FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

९ भदौ, काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा अडिएको छ । आज ३५७ वटा स्क्रिप्सको १ करोड ४४ लाख १६४ कित्ता शेयर किनबेच भए ।

४ अर्ब १० करोड ९७ लाख ५१ हजार ७३० रुपैयाँको कारोबार भयो । कारोबारमा आएकामध्ये ७८ वटा स्टक्सको मूल्य बढ्दा १८७ वटाको घट्यो । १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । दुईवटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

आज विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढे । विकास बैंक ०.०८ तथा निर्जीवन बीमा ०.३६ प्रतिशत बढे । अरु सबै समूह घटेका छन् । बैंकिङ ०.०३, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.७१, जलविद्युत् ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, माइक्रोफाइनान्स ०.२७, अन्य ०.१८ तथा व्यापार ०.५७ प्रतिशत घटे ।

समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको मात्रै ६०.६६ प्रतिशत अर्थात् २ अर्ब ४९ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३२ करोड, उत्पादन तथा प्रशोधन ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

नयाँ सूचीकृत सर्वोत्तम पेन्ट्स्को मूल्य १४.९९ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १४.९५, नाडेप लघुवित्तको ६.००, एभरेस्ट कलरको ५.७१, कालिन्चोक हाइड्रोपावरको ५.५६ प्रतिशत मूल्य बढ्यो ।
धौलागिरि लघुवित्तको १०.०७, उन्नती सहकार्य लघुवित्तको ४.२३, रिजलाइन इनर्जीको ३.८६ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलविद्युत् कम्पनी तथा चन्द्रागिरि हिल्स छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय