FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका केही परीक्षाहरू प्राकृतिक विपत्तिका कारण स्थगित भएका छन् ।

त्रिवि व्यवस्थापन संकाय, परीक्षा नियन्त्रण महाशाखाले बुधबार जारी गरेको सूचनाअनुसार भोटेकोसी नदीमा आएको बाढीका कारण सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राख्दै भोलि भदौ ११ गतेका लागि तोकिएका विषयहरूको परीक्षा स्थगित गरिएको हो ।

स्नातकोत्तर तहअन्तर्गत एमबिएस, एमपिए,एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र म्याट्स कार्यक्रमको तेस्रो सत्रको नियमित परीक्षा-२०२६ अन्तर्गतका तोकिएका परीक्षा मात्र स्थगित भएको डीनको कार्यालयले जनाएको छ ।

संकायले स्थगित परीक्षाको नयाँ मिति यथाशीघ्र प्रकाशित गरिने जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय