FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, चितवन । प्रतिकूल मौसम तथा प्राकृतिक विपत्तिका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनले आज (बिहीबार) सञ्चालन हुने सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा।सुविर सिंहद्वारा बुधबार जारी गरिएको सूचना अनुसार नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त जानकारी तथा हालको प्राकृतिक विपत्तिबाट सिर्जित प्रतिकूल परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको हो ।

स्थगित परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ ।

यसैगरी, बुधबार नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो मानवीय क्षति र जनधनको विनाशप्रति विश्वविद्यालय परिवारले गहिरो दुःख व्यक्त गरेको छ । संकटको यस घडीमा पीडित समुदायसँग विश्वविद्यालय परिवार साथमा रहेको प्रतिबद्धतासमेत रजिष्ट्रार सिंहले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय