FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकहरूको खोज तथा उद्धार कार्यमा नेपाली सेनाले तीव्रता दिएको छ । नेपाली सेनाका ५ वटा हेलिकप्टरसहित २ हजारभन्दा बढी जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रहरूमा उद्धार तथा राहत वितरण कार्य युद्धस्तरमा अघि बढाइएको हो । सेनाका अनुसार बिहीबार हालसम्म हवाई तथा जमिनी माध्यमबाट कुल १७७ जनाको सकुशल उद्धार भइसकेको छ ।

हालसम्म नेपाली सेनाले हवाई साधनमार्फत ११४ जनाको उद्धार गरेको छ, जसमा भदौ १० गते ९७ जना, बिहीबार बिहान मैलुङको टनेलबाट ३ जना र टिमुरेबाट १४ जना रहेका छन्। त्यसैगरी अन्य ६३ जनाको जमिनी उद्धार गरिएको छ । जोखिमयुक्त क्षेत्रमा सेनाका ११ वटा टोलीले रातभर खटिएर जमिनी उद्धारको कार्य गरेका थिए । अहिले नुवाकोटदेखि चितवनसम्मका प्रभावित क्षेत्रहरूमा २ हजारभन्दा बढी सैनिक फौज खोज तथा राहत कार्यमा सक्रिय छन् ।

बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीलाई पनि तीव्र बनाइएको छ । नेपाली सेनाका ११ वटा ट्रकमार्फत राहत सामग्री त्रिशूलीसम्म पु¥याइएको र त्यहाँबाट हेलिकप्टरमार्फत आवश्यकता अनुसार दुर्गम तथा प्रभावित स्थानहरूमा ढुवानी भइरहेको छ । जसअन्तर्गत हालसम्म ४ सटल राहत सामग्री टिमुरे पुगिसकेको छ । साथै, घाइतेहरूको प्रभावकारी उपचारका लागि त्रिशूलीमा थप मेडिकल टोली खटाएर उपचार सेवालाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय