FLASH NEWS
सिन्धुलीमा जीप दुर्घटना: चालकको मृत्यु, चार जना घाइते । सबै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्दै कांग्रेस । आफूले आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाइयो : डा.शशांक कोइराला । ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ । काँग्रेसको आधिकारिता आफुहरुले पाउने देउवाको दाबी । अनुसन्धानका नाममा सरकारले पूर्वाग्रह र प्रतिशोध राखेर काम गर्नुहुँदैन : गगन थापा । अयोध्यामा तिलकोत्सव सम्पन्न, विवाहपञ्चमीमा जन्ती बनेर आउन निम्तो दिइयो । मंसिर २६ देखि काठमाडौंमा राप्रपाको महाधिवेशन, राप्रपाको क्रियाशील सदस्य एक लाख १० हजार । छन्दसाधना पुरस्कार–२०८३ बाट निर्मोही व्यास र सिर्जना अर्याल पुरस्कृत । प्रतितोला २ हजार रुपैयाँले बढ्यो सुन, २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार । मेची–महाकाली हुलाकी सडक पदयात्रा : सर्लाही–४ हुँदै रौतहटतर्फ लागे सांसद डा. अमरेशकुमार सिंह । अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि ।

११ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि यातायात सञ्चालनमा आउन सकेका छैनन् । बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत विभिन्न क्षेत्रमा लेदो थुप्रिएपछि सडक अबरुद्ध भएको र अहिले उक्त लेदो हटाउने काम भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताएका छन् ।

उनका अनुसार नौबिसे हुँदै रसुवा तथा मुग्लिन–चितवनतर्फ जाने पृथ्वी राजमार्गको अवस्था प्रभावित भएकाले हाल सवारीसाधन रोकिएको छ । सडक सफा गरी यातायात सञ्चालनयोग्य भएपछि ट्राफिक प्रहरीले आधिकारिक सूचना जारी गर्ने उनले बताए ।

बाढीपछि थानकोट क्षेत्रमा रोकिएका यात्रुलाई भने काठमाडौं फर्काइएको छ । उनीहरू आफन्तको घरमा आफ्नै व्यवस्थापनमा बसेको सुवेदीले जानकारी दिए । बीच बाटोमा गएर जोखिममा पर्नुभन्दा सुरक्षित रूपमा काठमाडौंमै बस्ने व्यवस्था गरिएको उनले बताए ।

यातायात व्यवसायीसँग समेत प्रहरीले समन्वय गरिरहेको छ । सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर ट्राफिक प्रहरीको आधिकारिक सूचनाका आधारमा मात्रै सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायीहरूले आफ्ना सदस्यलाई सर्कुलर गरेको सुवेदीले बताए ।

बीपी राजमार्ग सञ्चालनमा

वैकल्पिक मार्गका रूपमा बीपी राजमार्ग सञ्चालनमा रहेको छ । यस्तै, फर्पिङतर्फका सडकबाट साना सवारीसाधन सञ्चालन भइरहेका छन् । तर ती सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नसकिने तथा अनुमति र रुट परमिटको व्यवस्था पनि लागू हुने सुवेदीले बताए ।

फर्पिङतर्फबाट टाटा सुमोजस्ता साना सवारीसाधन भने सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रहरीका अनुसार सडकको अवस्था निरन्तर अनुगमन भइरहेको छ र सम्बन्धित निकाय तथा यातायात व्यवसायीसँग समन्वय गरी सवारीसाधन सञ्चालनसम्बन्धी निर्णय गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय