FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, रामेछाप । रसुवामा हिजो गएको बाढीका कारण रोजगारी तथा कामका सिलसिलामा पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत सिन्धुलीका स्थानीयहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्।

सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्ल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकाका बासिन्दाहरू रहेका छन्।

सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। आफन्तहरूले आफ्ना मानिसहरूसँग सम्पर्क हुन नसकेपछि प्रहरी तथा स्थानीय प्रशासनमा जानकारी गराएका थिए।

बाढी प्रभावित क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण पनि सम्पर्कमा आउन ढिलाइ भएको हुनसक्ने अनुमान गरिएको छ। आफन्तहरूलाई धैर्य धारण गर्न र कुनै सूचना प्राप्त भएमा तुरुन्त जिल्ला प्रशासन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय