FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गोसाइँकुण्ड दर्शन तथा भ्रमण गरी काठमाडौं फर्कने तीर्थयात्री तथा पर्यटकलाई धुन्चेतर्फको नियमित पुरानो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।

तोकिएको वैकल्पिक मार्गअनुसार गोसाइँकुण्डबाट सूर्यकुण्ड पास-फेदी-घोप्टेभीर-म्युजियम-टालु-सिस्पु-घ्याङफेदी-समुन्द्रटार-चौघडा-थानसिङ हुँदै काठमाडौं फर्कन सकिने जनाइएको छ । दुप्चेश्वरबाट समेत यही मार्ग हुँदै काठमाडौं जोडिन सकिन्छ ।

नियमित धुन्चे-कालिकास्थान-नुवाकोट-विदुर हुँदै काठमाडौं जाने पुरानो मार्ग भने अर्को सूचना जारी नभएसम्म प्रयोग नगर्न अनुरोध गरिएको छ ।

मनत्रालयले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै वैकल्पिक मार्गबारेको सूचनालाई सबै तीर्थयात्री तथा पर्यटकसम्म पुर्याउन आग्रह गरेको छ । आपत्कालीन अवस्थामा १००, १११४ वा १०२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

मन्त्रालयले सबै तीर्थयात्री तथा पर्यटकलाई सूचनाको पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय