FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

११ भदौ, काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १३२ जना छन्। त्यस्तै, नवलपरासी पूर्वमा ८२, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।

बाढीमा घाइते भएका ६३ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३१ जना र राष्ट्रिय ट्रमा सेन्टरमा २२ जनाको उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै, वीर अस्पताल र नर्भिक अस्पतालमा दुई-दुई जना उपचाररत छन्। मनमोहन अस्पतालमा दुई जना तथा ग्राण्डी अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्रीन सिटी अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको छ।

प्रहरीले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत समन्वयलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय