FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । नेपाल प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरीले शुक्रबार साँझ ५ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा हालसम्म ५५३ वटा शव फेला परेका छन् । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३८, चितवनमा २२२, तनहुँमा ३१, धादिङमा ४०, गोरखामा ४७, नवलपरासी पूर्वमा १३४ र पश्चिम क्षेत्रमा २८ वटा रहेका छन् ।

बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ४८९ जना प्रहरी परिचालन गरिएको छ ।

बाढीबाट घाइते तथा उद्धार गरिएका व्यक्तिको संख्या १४ सय ७३ जना रहेको छ ।

जसमा रसुवामा ५७२ र नुवाकोटमा ८९८ रहेको छ । धादिङमा तीन जना घाइते तथा उद्धार गरिएको विवरणमा उल्लेख छ ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९७ जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय