FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१२ भदौ, मोरङ । रसुवाको भोटेकोशीमा बुधबार आएको बाढीपछि मोरङका १५ जना अझै सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विभिन्न कामका सिलसिलामा रसुवा, धादिङ र नुवाकोट पुगेका १५ जना हालसम्म सम्पर्कविहीन रहेकाले निरन्तर खोजी भइरहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तीन जनालाई उद्घार गरी विभिन्न अस्पतालमा उपचार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म सम्पर्क हुन नसकेकामा विराटनगर महानगरपालिका-७ का शिवशङ्कर गुप्ता र सोमप्रसाद कटेल, बेलबारी नगरपालिका-११ का अनुज धमला, सुन्दरहरैचा नगरपालिकाकी पुजा आचार्यसहित तीन वर्षीया छोरी, सूर्यबहादुर कार्की र भोजराज अधिकारी, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, शोना चेम्जोङ, देवीमाया तामाङ, पासाङ तामाङ, रङ्गेली नगरपालिका-६ का सुरज मण्डल, पथरी सनिश्चरे नगरपालिका-७ की रिचा निरौला, विराटनगर एयरपोर्ट मोडका सचिन गौतम र विराटनगर-१ का दुर्गाप्रसाद पोखरेल छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय