FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा सार्वजनिक गरिएको अद्यावधिक तथ्याङ्क अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट २ हजार ३०१ जनाको उद्धार तथा प्राथमिक उपचार गरिएको छ भने २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् ।

विपद् व्यवस्थापन तथा खोजतलासका क्रममा विभिन्न जिल्लाका नदी तटीय क्षेत्रबाट शवहरू फेला परेका हुन् । प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव संकलन गरिएको छ ।

यसैगरी बाढी प्रभावित क्षेत्रबाट हालसम्म २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ, जसमा नुवाकोटबाट १ हजार ६२२ जना, रसुवाबाट ६७६ जना र धादिङबाट ३ जना रहेका छन् । उद्धार गरिएका घाइतेहरूमध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज हुनेको संख्या १४० पुगेको छ ।

प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हालसम्म ४ हजार ८५४ जना प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा परिचालित छन् । सम्पर्कविहीन सुरक्षाकर्मी तथा अन्य नागरिकहरूको खोजी कार्य तीव्र गतिमा जारी रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय