FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ भदौ, काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत भिक्टोरिया सिए-११ सँग नेपाल एक विकेटले पराजित भएको छ ।

शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि टम रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले २र२ तथा आकाश चन्दले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेले । उनले ५६ बलमा छ चौका र पाँच छक्कासहित अविजित ९० रनको पारी खेलेका हुन् ।

जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ हो । यस्तै, आज दीपक डुम्रेले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भिक्टोरियाका लागि कलुम स्टो र ह्यारी होकेत्राले सर्वाधिक २र२ विकेट लिए ।

यसपाली प्रतियोगितामा ६ खेल खेलेको नेपालले चार खेलमा हार तथा दुई खेलमा जित दर्ता गर्‍यो । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

यस्तै, नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०लाई चार विकेटले हराएको थियो । पाँचौँ खेलमा भने नेपाली टोली हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय