FLASH NEWS
महामन्त्रीमा स्वच्छ र मैत्रीपूर्ण प्रतिस्पर्धा हुन्छ :प्रदीप पौडेल । कम्युनिस्ट आन्दोलनको मार्गनिर्देश गर्ने दुई नयाँ पुस्तक सार्वजनिक । यो महाधिवेशनले नीति र सोचमा बदलाव ल्याउनेछ : भीष्मराज आङ्देम्बे । कांग्रेसभित्रको गुटबन्दी अन्त्य भएको घोषणा गर्दै गगन थापाले भने– ‘अब पार्टीको रेल अगाडि बढ्यो’ । बिर्तामोडमा फर्निचर उद्योगबाट आगलागी, पाँच घरमा क्षति । राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत । मुगुमा पहिरोले गुडिरहेको बोलेरो जिप पुरियो । होटल संघले नेपालले ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने । दशैंमा एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने । वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने । सुनचाँदीको मूल्यमा सामान्य बृद्धी, कतिमा हुदै छ कारोबार ? । नबिल एसएसई फेलोसिप र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला ।

१३ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ प्रभावित देखिएको छ । शो मा अपेक्षा गरेअनुसार अवलोकनकर्ताहरुको उपस्थिति देखिएको छैन् ।

भदौ ९ देखि १४ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ९नाडा० आयोजना गरेको शो अन्तर्गत शनिबार केही भीड देखिएपनि उद्घाटन समारोहपछिका दुई दिन विनाशकारी विपत्तिको असर देखिएको हो ।

शनिबार भने अवलोकनकर्ताको भीड बढेको ‘नाडा अटो शो २०२६’का संयोजक अनुप वरालले जानकारी दिए ।

‘अटो शो सुरु भएको पहिलो दिन एकदम राम्रो भयो, दोस्रो दिन देशमा ठूलो दुर्घटना घट्यो। त्यसले गर्दा अलिकति कम हुनु स्वाभाविक हो । किनभने प्रत्येक व्यक्तिको मन नै उजाडिएको बेला इभेन्टप्रति चासो हुँदैन नै । यसलाई स्वाभाविक पनि मान्नुपर्छ,’ संयोजक बरालले भने,‘यस्तो परिस्थितिमा हामीले पनि प्रायोरिटी सिफ्ट राहत संकलन, प्रभावित क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हिसाबले काम गर्यौं । टिम नै बाँडेर काम गरिरहेका छौं ।’

अटो शो को पहिलो दिन उल्लेख्य उपस्थिति रहेको, दोस्रो दिन कम भएको र तेस्रो दिन १२ बजेपछि फ्लो एकदमै राम्रो भएको छ । चौथो दिन पनि १ बजेपछि अवलोकनकर्ताहरुको उपस्थिति बढेको उनले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा नाडासँग आवद्ध सयौं कम्पनीका सवारी साधन तथा अटो सामग्रीहरु गुमेको, चालकहरु वेपत्ता भएको, ठूलो मात्रामा-स्पेयर पाट्र्सहरू आएका कन्टेनरहरू बेपत्ता भएको उनले जानकारी दिए ।

अटोमोबाइल क्षेत्रका लागि उत्तरतर्फको रसुवा नाका प्राथमिकता रहेको उल्लेख गर्दै उनले अब विकल्पहरु तत्काल खोज्न र सडकको पहिचान गरी ट्याक खोल्न पहल गर्नुपर्ने पनि बताए ।

अप्ठ्यारो परेको अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउन सबै जुट्नुपर्ने बताउँदै बरालले सतर्कताका साथ अघि बढ्नुपर्ने पनि औंल्याए ।

‘यस्तो बेलामा अत्तालिएर होइन, गाली गरेर होइन, संयमित भएर सामूहिक रुपमा काम गर्नुपर्छ । घाइतेहरूको उद्धार, मृतकहरूको खोजी, डुबेका र हराएका बस्तुहरुको खोजी कार्य प्राथमिकतामा राख्नुपर्छ । व्यवसायीमा परेको मर्काका विषयमा पनि नाडाले गम्भीरताका साथ हेरेको छ,’ उनले भने ।

नाडा स्थापनाको ५० औं वर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा १८ औं संस्करणको यो अटो शो आयोजना गरिएको हो । शो भोलि १४ गते समापन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय